बाँके ट्राफिकको एक्सन : एक वर्षमा झण्डै दुई करोड राजस्व संकलन
बाँके, १७ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले गत आर्थिक वर्षमा एक करोड ९५ लाख ७९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ मा २३ हजार ४ सय ५२ सवारी साधनबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।
गत आर्थिक वर्षमा बाँकेमा ७ सय ७७ वटा सडक दुर्घटना भएको उनले बताए । दुर्घटनामा ४२ पुरुष, १२ महिला र ६ जना बालक गरि ६० जनाले ज्यान गुमाएको उनले बताए । दुर्घटनामा एक सय ७५ जना गम्भीर घाइते र एक हजार एक सय २१ जना सामान्य घाइते भएको बाँके ट्राफिकले जनाएको छ ।







