बर्दियामा भाले गैँडा मृत अवस्थामा फेला

0
5

बर्दिया, १७ साउन ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । गेरुवा गाउँपालिका– ६ मा पर्ने मध्यवर्ती सामुदायिक वन, सेजनाघाट क्षेत्रमा भाले गैँडा मृत अवस्था फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
२२ वर्षको भाले गैँडा शनिबार मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिए । मृत भाले गैँडा एक–आपसमा जुधेर मरेको हुन सक्ने अनुमान उनले लगाएका छन् ।