सेप्टिक ट्यांकीमा फसेका कोहलपुरका तीन जना कामदारको मृत्यु
बाँके, १३ साउन ।
कोहलपुरस्थित सेप्टिक ट्यांकीमा फसेका तीन जना कामदारको मृत्यु भएको छ । कोहलपुर नगरपालिका ३, शान्ति टोलस्थित दयाप्रसाद थारुको घरको आँगनमा निर्माण भइरहेको सेप्टिक ट्यांकीमा बुधवार बिहान करिब ९ बजे काम गरिरहेका तीन जना कामदार फसेको र तीनै जना कामदारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका ३ का ४२ वर्षीय कालु थारु, २७ वर्षीय प्रकाश थारु र ३४ वर्षीय विर्जा थारु रहेको प्रहरीले जनाएको छ ।







