बालेन शाहकाे नेतृत्वले पुरानो सोचलाई चुनौती – सुजाता

0
2

बाँके,७ मंङ्गसिर । प्रधानमन्त्री लेन्द्र शाहकी दिदी सुजाता साह सेजेकनले भाइको भारत भ्रमणलाई नेपालीका लागि गर्वको विषय भएको बताएकी छन्।

भारतमा बस्दै आएकी उनले शाह विश्वभरका युवाका लागि प्रेरणा बनेको बताउँदै उनको नेतृत्वले पुरानो सोचलाई चुनौती दिएको उल्लेख गरिन्।

भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भनिन्, ‘यो निकै गर्वको क्षण हो। बालेन्द्र अहिले महत्त्वपूर्ण व्यक्तित्व बनेका छन्। उनी नेपालका युवामात्र नभई विश्वभरका युवाका लागि प्रेरणा हुन्।’

उनले नेतृत्वमा पुग्न अनुभवी र लामो समय राजनीति गरेका व्यक्ति नै हुनुपर्छ भन्ने मान्यतालाई शाहले तोडेको बताइन्। युवाहरू पनि उच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेको उनको भनाइ छ।

‘नेतृत्वमा पुग्न अनुभवी व्यक्ति नै हुनुपर्छ भन्ने पुरानो सोचलाई उनले तोडेका छन्। यस क्षेत्रका युवाले पनि उच्च नेतृत्वमा पुग्न सक्छन् भन्ने उदाहरण बनेका छन्। उनी नेपालका प्रधानमन्त्री हुनु हामी सबै नेपालीका लागि गर्वको विषय हो,’ उनले भनिन्।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेट र भारतमा पाएको स्वागतबाट आफूहरू प्रभावित भएको पनि उनले बताइन्। दुई देशका प्रधानमन्त्रीबिच विश्वमा शान्तिको सन्देश दिने विषयमा गम्भीर छलफल भएको आफूलाई लागेको उनले उल्लेख गरिन्।