नरैनापुरमा हातेमालाे परियाेजना शुभारम्भ बैठक सम्पन्न
नरैनापुर(बांके), १९ कार्तिक । सामाजिक विकास मञ्च बाँके र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित हातेमालो परियोजनाको नरैनापुर गाउँपालिका वडा नं. ३ र ४ मा परियोजना शुभारम्भ बैठक बिहिवार सम्पन्न भएको छ । बाँकेको नरैनापुरकाे वडास्तरिय परियाेजना शभारम्भ बैठकमा परियोजनाको परिचय, प्रमुख उपलब्धि तथा कार्ययोजनाबारे सामाजिक विकास मञ्च बाँकेका सहजराम यादवले प्रस्तुतीकरण गरेका थिए। परियोजनाले नरैनापुर गाउँपालिकामा पोषण, शिक्षा, स्वास्थ्य, बालमैत्री शासन तथा अनुगमनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । परियोजनाको कुल बजेट २ करोड ६ लाख ७० हजार ९ सय रुपैयाँ रहेको यादवले जानकारी दिए ।
हाल नरैनापुर गाउँपालिकामा परियोजनाअन्तर्गत १ हजार ७ सय ५० जना प्रायोजित बालबालिका आबद्ध छन् ।
परियोजना शुभारम्भ बैठकमा सामाजिक विकास मञ्च बाँकेका फिल्ड कर्मचारीहरु हरिबंश माैर्य, राजकुमार यादव, चन्दा शर्मा,नरैनापुर स्वास्थ्य चाैकीका अनिल दिक्षित,कालाफांटा स्वास्थ्य चाैकिका राम सुन्दर यादव, वडा नम्बर ४का वडा सचिव जीवन लाल यादव, ३ नम्बर वडा सचिव जगराम यादव,सुचना शाखा अधिकृत जुना शाही, दुईटै वडाका वडा सदस्यहरु, तथा महिला स्वास्थ्य स्वयम् सेविका र बाल क्लबका पदाधिकारी लगायत ५ दर्जन बढीकाे सहभागिता रहेकाे थियाे ।





