सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु, दुई घाइते

0
7


काठमाडौं, १७ कात्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्राप्त समाचार विवरण अनुसार बिहान करिब ८:११ बजे फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर अवतरण गर्ने क्रममा ठोक्किएका थिए। दुवै हेलिकोप्टरका रोटर (पंखा) आपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
प्राप्त जानकारी अमृत्यु हुनेमा ४७ वर्षीय भारतीय पर्यटक रहेका छन्। घाइतेमध्ये एक जना न्युजिल्यान्डका नागरिक र अर्का नेपाली पाइलट रहेको बताइएको छ। घाइतेहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
दुर्घटनाको वास्तविक कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।