क्षेत्रमा कर्फ्यू तोडेर प्रदर्शन, नेपाली सेना परिचालन
बाँके, ११ साउन ।
सुनसरीको देवानगन्जमा प्रदर्शनकारीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ।
आइतबार राति यहाँ तनावको स्थिति सिर्जना भएको थियो। घटनामा एक जनाको मृत्यु भएको थियो भने ९ जनामाथि गोली लागेको थियो।
यो घटनापछि प्रशासनले कर्फ्यू जारी गरे पनि उल्लंघन गर्दै आज मध्याह्नदेखि प्रदर्शन सुरू भएको छ।
प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको हो।
देवानगन्ज गाउँपालिका ३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा प्रहरीको गोली लागेर सोही ठाउँका ओमप्रकाश मेहताको मृत्यु भएको थियो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका ५ क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो।










