सेना परिचालन भएपछि सामान्य बन्दैछ देवानगन्ज

0
8

विराटनगर, ११ साउन
नेपाली सेना परिचालन भएपछि सुनसरीको देवानगन्जको तनाव मत्थर बन्दै गएको छ। 
आइतबार राति झडप भएपछि एक जनाको ज्यान गएको र थप ९ जना गोली लागेर घाइते बनेको घटनापछि सोमबार देवानगन्ज र आसपासका क्षेत्रमा तनाव उत्पन्न भएको हो । 
देवानगन्ज सहितका क्षेत्रमा आक्रोशित स्थानीयबासीले कर्फ्यू तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको हो। 
सेना परिचालन भएपछि अवस्था सामान्य बन्दै गएको देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिए।  
अध्यक्ष मेहताले दिएको जानकारी अनुसार आक्रोशित प्रदर्शनकारीहरूले देवानगन्ज-३ का वडाध्यक्षको घरमा तोडफोड गरेका छन्।
आगो लगाउन लाग्दा सुरक्षाकर्मीले रोकेको उनले जानकारी दिए। त्यस्तै, एक जना सर्वसाधारणको घरमा पनि आगजनी भएको अध्यक्ष मेहताले बताएका छन्।