कर्णाली विकास बैँकका तत्कालिन सिइओसहित तीन जना पक्राउ
बाँके, २२ साउन ।
नेपालगन्जस्थित कर्णाली विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत निरजविक्रम शाह, उनकी पत्नी शुभेक्षा श्रेष्ठ र कर्णाली विकास बैङ्कको नेपालगञ्ज शाखाकी तत्कालिन शाखा प्रबन्धक दीपा थापा रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
उनीहरूलाई नेपालगञ्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंकसँग सम्बन्धित आर्थिक अनियमितता तथा बैङ्किङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
यस प्रकरणमा संलग्न रहेका अन्य केही प्रतिवादी फरार रहेका छन् भने केही व्यक्तिहरू यसअघि पक्राउ परिसकेका छन् ।







