नरैनापुरका ९ वटा सामुदायिक विद्यालयलाई एसडिएफद्वारा विद्यालय सामग्री प्रदान

0
84

बाँके, २२ साउन ।
नरैनापुरका विद्यालयमा अध्ययनरत विद्यार्थीको शिक्षामा टेवा पुर्याउन विद्यालय सामग्री प्रदान गरिएको छ । वल्र्ड भिजनको सहयोगमा सामाजिक विकास मंच (एसडिएफ) ले नरैनापुरका ९ वटा सामुदायिक विद्यालयलाई विभिन्न थरिका विद्यालय सामग्री प्रदान गरेको हो ।
विद्यार्थीको शिक्षा आर्जनमा टेवा पुर्याउने उद्देश्यले विद्यालय सामग्री प्रदान गरिएको मंचका निर्देशक घनश्याम उपाध्यायले बताए । उनले विद्यालयलाई आवश्यक पर्ने फर्निचर, कुसन, कार्पेट, टिभी लगायतका सामग्री प्रदान गरिएको बताए । ‘सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउने उद्देश्यले विभिन्न सामग्री प्रदान गरेका हौँ,’ उनले भने ।
मंचले राप्तीसोनारी गाउँपालिका भित्र रहेका विद्यालयलाई समेत सहयोग गरेको छ । जस्तापाताले छाएका विद्यालय कोठामा जिप्सन लगाउन सहयोग गरेको उपाध्यायले जानकारी दिए । गर्मीयाममा जस्तापाता तातिएर बस्न नसक्ने भएकोले राप्तीसोनारीका विभिन्न विद्यालयमा जिप्सन लगाउन सहयोग गरेको उनले बताए ।