बाँके, २३ असार ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा दुई पक्षिय भिडन्त हुने भएको छ । सर्वसम्मत नेतृत्व चयन भनिए पनि अर्को पक्षले उम्मेदवारी दिएपछि दुई पक्षिय भिन्डन्त हुने भएको हो । अध्यक्षमा चिरन्जीवी ओली र ध्रुबप्रसाद दाहाल वीच प्रतिस्पर्धा हुने भएको छ ।
त्यसैगरि उद्योग उपाध्यक्षमा कमलकुमार कार्की र लोकेन्द्र अर्यालको उम्मेदवारी परेको छ । बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठकोमात्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ ।
महिला उपाध्यक्षमा पनि दुई जनाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा उमा ग्राण्डन र रुपा ओझा (सानु) को उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त तीर्थ ज्ञवालीले जानकारी दिए ।
महासचिवमा दिपेन्द्रकुमार जोसी र विष्णु श्रेष्ठ तथा उपमहासचिवमा प्रदिप आचार्य र शिवप्रसाद दाहालको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, नारायणप्रसाद प्रसाई र टीकामणी उपाध्याय वीच प्रतिस्पर्धा हुने भएको छ ।
१० जना सदस्यका लागि हुने निर्वाचनमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई जना सम्बद्ध सदस्यका लागि विनय श्रेष्ठ, फणाधर भण्डारी र सुरेशजंग बन्जाराको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई जना एशोसियट सदस्यका लागि राजीव तलंगा र अब्दुल वाहिद अन्सारीको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका छन् ।







