असई कुलबहादुर बिकको प्रयास सफल : ३० वर्षदेखि रोकिएको जग्गाधनी पुर्जा प्रहरी चौकीलाई प्राप्त
‘अथक प्रयास र मिहिनेतले जग्गा प्रहरी चौकीको नाममा गराउन सफल भएका छौ । जमिन प्राप्ति सँगै भौतिक संरचना निर्माणको बाटो खुलेको छ,’ उनले भने, ’सेवा प्रवाहमा समेत टेवा पुग्ने बिश्वास छ ।’
बाँके, २० साउन ।
लामो समयको प्रयास पछि डुडुवा गाउँपालिकास्थित प्रहरी चौकी खडैचाले प्रहरी जग्गाधनी पुर्जा पाएको छ । तीन दशक अघि प्रहरी चौकी खडैचाको भवन निर्माण भए पनि जग्गा धनी पुर्जा पाउन नसकेकोमा प्रहरी चौकी इन्चार्ज असई कुलबहादुर विकको अथक प्रयास र मिहिनेतले भवन रहेको जमिन चौकीको नाममा भएको हो ।
जमिन प्राप्ति सँगै प्रहरी चौकीलाई भौतिक पूर्वाधार निर्माण गर्ने बाटो खुलेको छ। जमिन नाममा नहुँदा भवन निर्माण लगायत अन्य संरचना निर्माण गर्न कठिनाई भएको थियो ।
आफ्नै जमिन भएपछि प्रहरीलाई सेवा प्रवाह गर्न समेत सहज हुने अपेक्षा गरिएको छ ।
असई बिकले कार्यभार सम्हाल्ने बित्तिकै जग्गा प्राप्तिको पहल गरेका हुन् । ‘अथक प्रयास र मिहिनेतले जग्गा प्रहरी चौकीको नाममा गराउन सफल भएका छौ । जमिन प्राप्ति सँगै भौतिक संरचना निर्माणको बाटो खुलेको छ,’ उनले भने, ’सेवा प्रवाहमा समेत टेवा पुग्ने बिश्वास छ ।’







