सल्यानमा एक वर्षमा १७ वटा जवर्जस्ती करणीका घटना

0
7

सल्यान, १२ साउन ।
सल्यानमा एक वर्षको अवधिमा १७ वटा जबर्जस्ती करणीका घटना भएको तथ्यांक प्रहरीले सार्वजनिक भएको छ । यस अवधिमा जबर्जस्ती करणी उद्योगमा थप सातवटा घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गत आर्थिक वर्ष ०८२/८३ को तथ्यांकअनुसार जबर्जस्ती करणी र उद्योग गरी २४ घटना घटेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी ईश्वर रोकायले जानकारी दिए । सानो उमेर समूहदेखि आफन्तबाट नै बढी घटना भएको तथ्यांकमा उल्लेख छ । आव ०८१/८२ मा जबर्जस्ती करणीका २० र जबर्जस्ती करणी उद्योगका ६ घटना प्रहरीमा दर्ता भएका थिए । आव ०८१/८२ को तुलनामा गत आवमा जबर्जस्ती करणीका घटनामा केही कमी आएको रोकायले बताए ।