‘हनी ट्रयाप’ मा पारी रकम अशुल्ने महिला पक्राउ

0
2

बाँके, १२ असोज ।
ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिएको आरोपमा बाँके प्रहरीले एक महिलालाई काठ्माडौँबाट पक्राउ गरेको छ । बैजनाथ गाउँपालिका २ का ३२ वर्षीय एक पुरुषलाई हनी ट्रयापमा पारि फरार रहेकी गोकुलगंगा गाउँपालिका २, रामेछाप घर भई हाल काठ्माडौँ महानगरपालिका १० सुकेधारा बस्ने ३० वर्षीया सविता श्रेष्ठलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
व्ल्याकमेलिङ गरी लाभ उठाउने पूर्व योजना बनाई प्रेम र शारिरिक सम्बन्धको जालमा पारी विभिन्न मुद्दामा फसाउने डर, त्रास, धाकधम्की दिँदै पटक पटक नगद तथा जिन्सी सामान लिएको उजुरीको आधारमा श्रेष्ठलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए ।
पक्राउ परेकी श्रेष्ठलाई बाँकेमा ल्याएर अनुसन्धान गरि मुद्दा दायर गरिने उनले बताए ।