राप्रपालाई ठूलो झट्का : अढाई सय बढिले दिए सामुहिक राजीनामा

0
114

बाँके, ११ साउन ।
केन्द्रिय नेतासहित राप्रपाका दुई सय बढि नेता–कार्यकर्ताले सामुहिक राजीनामा दिएका छन् । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले दुई सय ५० बढि नेता, कार्यकर्ताले सामुहिक राजीनामा दिएको बताए । उनले अवको यात्रा नयाँ हुने बताए । राजासहितको हिन्दू राज्य, संघीयता खारेजी, सुशासन र विकासको एजेण्डामा खरो रुपमा उत्रिने पार्टीमा सहभागी हुने गरि हामीले पार्टी परित्याग गरेका छौँ,’ उनले भने ।
उनले राप्रपाभन्दा सशक्त रुपमा उत्रिने पार्टीलाई सहयोग गर्ने बताए । उनका अनुसार सह–महामन्त्री हिक्मत ढकाल, केन्द्रिय सदस्य ओमप्रकाश आजाद, प्रदेश समितिका पदाधिकारी, जिल्लाका पदाधिकारीले सामुहिक राजीनामा दिएको बताए । ‘हामी कतै जाँदैनौ । राजासहितको हिन्दू राज्य, संघीयता खारेजीका विषयमा जुन पार्टीले राप्रपाभन्दा उत्रिन्छ, त्यहि पार्टीमा जान्छौँ,’ देवकोटाले भने ।