अख्तियारका आधा उजुरी स्थानीय तहविरुद्ध

0
3

बाँके, ८ श्रावण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमै ३३ हजारभन्दा बढी उजुरी परेका छन्। आर्थिक वर्ष ०८२/८३ मा विभिन्न माध्यमबाट ३३ हजार ३२८ उजुरी प्राप्त भएको आयोगको वार्षिक समीक्षा कार्यक्रममा जानकारी दिइएको हो।
अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका सात हजार ३२३ उजुरीसमेत गरेर कुल उजुरीको संख्या ४० हजार ६५१ पुगेको छ। त्यसमध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन्। कुल उजुरीको ४८.९६ प्रतिशत स्थानीय तहका उजुरी छन् भने संघअन्तर्गतका ३८ प्रतिशत र प्रदेश सरकारअन्तर्गतका १३.०४ प्रतिशत छन्।
गत आवमा आयोगमा आएका ४० हजार ६५१ उजुरीमध्ये ३२ हजार ७९९ (८०.६८ प्रतिशत) उजुरी फर्स्योट भएको र बाँकी सात हजार ८५२ उजुरी चालू आव ०८३/८४ मा जिम्मेवारी सरेर आएको आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here