बाँकेको डुडुवामा सोमवारबाट लगत संकलन हुने

0
4

बाँके, ८ साउन ।
बाँकेको डुडुवा गाउँपालिकाले सुकुमवासी पहिचान गर्न आवेदन माग गरेको छ । पालिकाले सार्वजनिक सूचना जारी गरि सुकुमवासीलाई आवेदन दिन ३५ दिने सूचना जारी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत संजयकुमार कर्णले जानकारी दिए।
उनले लगत संकलनको लागि पालिकाका ६ वटै वडामा कर्मचारी परिचालन भई सकेको बताउँदै सोमवारदेखि लगत संकलनलाई तीब्र पारिने बताए । `बिदाको दिन पनि लगत संकलन योजनाका साथ कर्मचारीलाई फिल्डमा खटाइएको छ,’ उनले भने ।
पालिकाले सुकुमवासी, अब्यवस्थित बसोवासी र दलित सुकुमवासीलाई आवश्यक कागजात तोकिएको ठाउँमा बुझाउन भनेको छ । `एक घरका सम्पूर्ण सदस्यको नागरिकताको प्रतिलिपि, जन्म दर्ता, मृत्यु दर्ता, बसाई सराई, भोग चलन गर्दै आएको जमिनको क्षेत्रफल, तिरो तिरेको रसिद, बिद्युत महशुल तिरेको रसिद लगायत कागजात पेश गर्न भनेका छौ,’ कर्णले भने, `बिगतमा पनि लगत संकलन गरेका थियौ । पहिले जे जे कागजात मागेका थियौ, अहिले पनि त्यहि पेश गर्न भनेका छौ।’
डुडुवाले ४ साउनमा सार्वजनिक सूचना जारी गरेको उनले बताए । `३५ दिनभित्र लगत संकलन गरिसक्ने योजनाका साथ कर्मचारी खटाएका छौ,’ कर्णले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here