
बाँके, ८ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेर एक करोड ९५ लाख ७९ हजार ५ सय रुपैयाँ राजश्व उठाएको छ । आर्थिक वर्ष २०८२/०८३ मा २३ हजार ४ सय ५२ वटा सवारी साधनबाट उक्त राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार उक्त आर्थिक वर्षमा बाँकेमा ७ सय ७७ वटा सडक दुर्घटना भएका छन् । दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । मृतक मध्ये ४२ जना पुरुष, १२ महिला र ६ जना बालक रहेका छन् । दुर्घटनामा १ सय ७५ जना गम्भीर घाइते र एक हजार १ सय २१ जना सामान्य घाइते भएको कार्यालयले जनाएको छ ।
