नरैनापुरका ४५ जनालाई अपाङ्गता परिचय–पत्र प्रदान

0
45

बाँके, २४ भाद्र ।
नरैनापुर गाउँपालिकामा अपाङ्गता भएकाहरुको परिचय–पत्र वितरण तथा स्वास्थ्य परीक्षण गरिएको छ । वल्र्ड भिजन र एसडिएफको सहयोगमा भएको परिचय पत्र वितरण तथा स्वास्थ्य परीक्षण गरिएको हो । नरैनापुर गाउँपालिका वडा नं. १, २ र ३ का सर्वसाधारणलाई लक्षित गरि शिविर आयोजना गरिएको हो ।
अपाङ्गता भएकाहरुलाई गाउँमै परिचय पत्र उपलब्ध गराउने उद्देश्यले संचालन भएको शिविरमा ४५ जना अपाङ्गता भएकालाई परिचय–पत्र प्रदान गरिएको वल्र्ड भिजनका कार्यक्रम संयोजक विर्जेन्द्र यादवले जानकारी दिए । ‘वडा कार्यालय र पालिकामा गएर परिचय पत्र बनाउन नसक्नेलाई गाउँमै उपलब्ध गराउन शिविर संचालन गरिएको हो,’ उनले भने ।


उनका अनुसार अनुसार, स्वास्थ्य शिविरमा एक सय ५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधि प्रदान गरिएको यादवले बताए । ‘जटिल रोगका विरामीलाई भेरी अस्पताल र अन्य अस्पतालमा रेफर गरिएको छ,’ उनले भने ।
२५ भाद्र विहीवार नरैनापुर गाउँपालिका वडा नम्बर ५ मा अपाङ्गता परिचय पत्र वितरण र स्वास्थ्य शिविर आयोजना गर्न लागेको उनले जानकारी दिए । वल्र्ड भिजन र एसडिएफले नरैनापुरका विद्यालयमा फर्निचर, विद्यालय सामग्री यसअघि वितरण गरेको थियो ।