भोटेकोशी बाढीमा सम्पर्कविहिन भएका बाँकेका ५५ मध्ये २७ जनाको सकुशल उद्धार

0
3

बाँके, १६ भाद्र ।
भोटेकोशी बाढीमा सम्पर्कविहिन भएका बाँकेका ५५ मध्ये २७ जनाको सकुशल उद्धार भएको छ । हराएका मध्ये २७ जनाको सकुशल उद्धार भई केहि परिवारको सम्पर्कमा आएको र केहिको विभिन्न अस्पतालमा उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । ‘बाढीमा परि मृत्यू भएका मध्ये दुई जनाको पहिचान भई अन्तिम संस्कार पनि भएको छ,’ उनले भने ।
सनाखत भई अन्तिम संस्कार हुनेमा कोहलपुर नगरपालिका ११ का कविलाल थारु र महेश थारु रहेको प्रजिअ तामाङले जानकारी दिए ।
सम्पर्कविहिन रहेका २६ जनाको खोजतलास भइरहेको बताउँदै उनले परिवारका सदस्यसँग नियमित सम्पर्कमा रहेको बताए ।
डुडुवा गाउँपालिका ६, का सुरजकुमार मौर्य परिवारको सम्पर्कमा आएको उनले बताए । कोहलपुर नगरपालिका १, कौशिलानगरका ताराकुमार बुढामगरको सकशुल उद्धार भएको जानकारी दिए । ‘कोहलपुर नगरपालिका २ का रामबहादुर थारु धादिङबेसीबाट परिवारको सम्पर्कमा आउनु भएको भने लकेश चौलागाईको सकुशल उद्धार भएको छ,’ प्रजिअ तामाङले भने ।
नेपालगन्ज उपमहानगरपालिका १६ का ललित वर्मा, इसिका वर्मा, कोहलपुरकी धनकुमारी खत्री, अर्जुन खत्री, कोहलपुर नगरपालिका ४ की नानीमाया चौलागाई, कोहलपुरका कृष्णप्रसाद चौधरी, नेपालगन्जकी सरु चौलागाई, प्रदिप चौलागाई र कोहलपुर नगरपालिका ७ का लालकेश चौलागाईको उद्धार भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
कोहलपुकी शान्ता बिकका मैलुङबाट उद्धार भएको बताउँदै उनले नेपालगन्जका करवीर कामीको रसुवाबाट उद्धार भएको जानकारी दिए । श्याम जोशीको धुन्चेबाट र गणेश जोशीको टिमुरेबाट उद्धार भएको पनि प्रजिअ तामाङले जानकारी दिए । ‘कोहलपुरका राजकुमार चौधरीको १३ भाद्रमा शान्ति वजारबाट उद्धार भएको उनले बताए । सन्तोष कुमाल, विश्वमित्र थारु, रामसिंह थारु, विजय थारु र रामप्रसाद चौधरीको शान्ति वजारबाट तथा सन्तुराम चौधरी, सन्तोष गिरी, अमिर खान, सरिस केसीको धुन्चेबाट उद्धार भएको छ,’ उनले भने ।