नेपालगन्ज रोड–नानपारा–बहराइच खण्डमा रेल सेवा सुरु

0
6

बाँके, १५ भाद्र ।
नेपालगन्ज रोड–नानपारा–बहराइच रेल खण्डको उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्य नाथ र केन्द्रिय रेलमन्त्री आश्विनी वैष्णवले एक कार्यक्रमका वीच उद्घाटन गरेका छन् । भारतको रुपइडिहामा आयोजित एक कार्यक्रमका वीच मुख्यमन्त्री योगी आदित्य नाथ र केन्द्रिय रेलमन्त्री आश्विनीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात सोमवार रुपइडिहाबाट वाराणसीका लागि पहिलो रेल छुटेको थियो । सो अवसरमा मुख्यमन्त्री आदित्यले नेपालगन्ज रोडमा रेल संचालन भएसँगै नेपाल–भारतको आर्थिक अवस्था सुधार हुने बताउँदै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने धारणा राखे । ‘नेपाल–भारतको साँस्कृतिक सम्वन्ध सुधारमा थप बल पुग्ने छ । यो रेल सेवाले नेपाल–भारतका धार्मिक स्थललाई जोड्ने छ,’ उनले भने ।
उनले रेल सेवालाई अझैँ विस्तार गर्दै लैजाने बताउँदै नेपालको भोटेकोशीमा आएको बाढीका कारण नेपालले ठूलो क्षति ब्यहोर्न परेको बताए । ‘छिमेकी भएको नाताले भारतले नेपाललाई सहयोग गर्ने दायित्व रहन्छ । म नेपालमा भएको विनाशकारी बाढीबाट भएको क्षति प्रति दुख ब्यक्त गर्दछु र मृतकप्रति श्रद्धान्जली तथा शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गर्दछु,’ उनले भने ।
उनले नेपाल असल छिमेकी भएको बताउँदै हरेक दुख, सुखमा साथ दिने प्रतिवद्धता जनाए ।
केन्द्रिय रेलमन्त्री आश्विनी वैष्णवले नेपालसँग सम्बन्ध सुधार गर्न भारतको रेललाई नेपाल–भारत सीमासम्म पुर्याएको बताए । उनले रेल सेवालाई सीमासम्म जोड्ने केन्द्रिय सरकारको नीति भएको स्पष्ट पारे ।
अव रुपइडिहाबाट गोण्डा, लखनउ, बाराणसी लगायतका शहरमा रेल मार्फत जान सकिने भएको छ । ‘योसँगै देशका ठूला सहरसँग रुपइडिहाको सम्बन्ध जोडिने भएको छ,’ रेलमन्त्री वैष्णवले भने ।