नेपालगन्ज नाका भएर तेस्रो मुुलुक आउजाउ गर्नेको संख्या बृद्धि : आठ महिनामा ३०३ जनाले प्रयोग गरे नेपालगन्ज नाका

0
43

तेस्रो मुलुकमा बसोबास गर्ने भारतीय मुलका नागरिक नेपालगन्ज नाका भएर आउने गरेको उनले बताए । मानसरोवर यात्राका लागि तेस्रो मुलुकमा बस्ने भारतीय मुलका नागरि आउने गरेको बताउँदै उनले १४ वटा देशका नागरिकलाई आउन र जान प्रतिवन्ध रहेको जानकारी दिए । ‘गैरकानुनी रुपमा प्रवेश गरेका बंगलादेशी (रोहिंग्या) र माल्दिम्भसका एक–एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ,’ उनले भने ।

बाँके, ३१ साउन ।
आठ महिनामा ३०३ जना तेस्रो मुलुकका नागरिक नेपालगन्ज नाका भएर आउजाउ गरेका छन् । अध्यागमन कार्यालय नेपालगन्जले १९ जनवरी, ०२६ देखि नेपाल प्रवेश गर्न दिन थालेको निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले बताए ।
उनले १९ जनवरी, ०२६ देखि १३ अगस्त, ०२६ सम्म ३०३ जना तेस्रो मुलुकका नागरिक नेपालगन्ज नाका भएर नेपाल प्रवेश गरेको बताए । ‘पहिले नेपालगन्ज नाकाबाट तेस्रो मुलुक जाने मात्र थियो । १९ जनवरी, ०२६ बाट आउने र जाने दुवै सुविधा संचालन भएको छ,’ उनले भने, ‘आउनेभन्दा जानेको संख्या धेरै छ ।’
यसअघि नेपालबाट जानेका लागि भिसा नविकरण गर्ने काममात्र हुँदै आएको शर्माले जानकारी दिए । ‘१९ जनवरी अघि वर्षमा १०–१२ जनामात्र यो नाका प्रयोग गर्थे,’ उनले भने । उनले विवाहित भिसामा तीन जना र रिलेशन भिसामा ६१ जना तेस्रो मुलुकका लागि गएको बताए । ‘नेपालगन्ज नाकाबाटसवैभन्दा धेरै अष्ट्रेलिया जाने छन्, त्यसपछि क्यानडा र अमेरिका जाने रहेका छन्,’ शर्माले भने ।