सर्पदंशका विरामीको खुसी : भेरी अस्पतालले जोगायो ज्यान

0
9

सुरुमा त झारफुकतिर लाग्यौँ । झारफुक गरेपछि केहि राहत भएको महशुस भयो, तर एक्कासी टाउकोमा असर गर्यो । रिङ्गाटा लाग्यो । उल्टी होला जस्तो भयो । आँखा तिरमिराउन थाल्यो । त्यसपछि परिवारका सदस्यले रुकुमको चौरझारीस्थित जिल्ला अस्पतालमा लिएर गए । चौरझारी पुग्दा दिउँसोको ४ वजिसकेको थियो ।

गौरी बुढाथोकी (वर्ष ३१)
कुमाख गाउँपालिका ५, खोरे खोला, सल्यान

२७ साउन बिहान करिव ११ वजेतिर घर नजिकैको बारीमा घाँस काट्दै थिएँ । भाइपर जातको हरियो सर्प घाँसमा लुकेको देखेन । एक्कासी देव्रे हातको पञ्जाको माथिल्लो भागमा टोकेपछि हात झट्कार्दा सर्प उछिटिएर टाढा गयो । सर्पले टोक्ने वित्तिकै घरमा आएँ र सर्पले टोकेको जानकारी परिवारका सदस्यलाई दिएँ ।
सुरुमा त झारफुकतिर लाग्यौँ । झारफुक गरेपछि केहि राहत भएको महशुस भयो, तर एक्कासी टाउकोमा असर गर्यो । रिङ्गाटा लाग्यो । उल्टी होला जस्तो भयो । आँखा तिरमिराउन थाल्यो । त्यसपछि परिवारका सदस्यले रुकुमको चौरझारीस्थित जिल्ला अस्पतालमा लिएर गए । चौरझारी पुग्दा दिउँसोको ४ वजिसकेको थियो ।
चौरझारी अस्पताल नपुग्दै म अर्ध बेहोस भइसकेकी थिए । त्यहाँ औषधि नभएको भन्दै जिल्ला अस्पतालले सुर्खेत रेफर गर्यो । सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालले पनि औषधि र वेड नभएको भन्दै नेपालगन्जस्थित भेरी अस्पतालमा लैजान सुझाव दियो । त्यसपछि बुवाले मलाई यहाँ लिएर आउनु भयो ।
भेरी अस्पताल पुग्दा रातको १ वजेको थियो । यहाँ आउने वित्तिकै उपचार सुरु भयो । सर्पको पहिचान गरि भेरी अस्पतालका चिकित्सकले औषधि चलाउनु भयो । औषधि सुरु गरेको केहि समयपछि म होसमा आएँ ।
अहिले हिड्डुल गर्ने, खाना खाने र कुरा गर्न सक्ने भएको छु । बाच्दैन जस्तो लागेको थियो । दाजुभाई, दिदिबहिनी र परिवारका सदस्यसँग भेट हुन्न जस्तो लागेको थियो । अव त बाच्ने आशा पलाएको छ ।