बाँके, २८ साउन ।
१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी १६–२९ मंसिरसम्म कर्णाली प्रदेशमा हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औं बोर्ड बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता १६–२९ मंसिरसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगिता विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो ।
प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तथा अन्य तयारी पूरा नभएका कारण यसअघि तय गरिएका मितिमा प्रतियोगिता सञ्चालन हुन सकेको थिएन । नयाँ मिति तय भएसँगै अब प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी अघि बढाउनुपर्ने भएको छ ।







