बाँके, २५ साउन ।
नरैनापुर गाँउपालिका २, लक्ष्मणपुरका महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग्स बितरण गरिएको छ । एफकेबी युकेको सहयोगमा बास नेपालले नरैनापुरका ‘महिला तथा किशोरीहरुको महिनावारी स्वच्छता, शिक्षा तथा ब्यवस्थापन’ कार्यक्रममा अन्तर्गत लक्ष्मणपुरका सय जना महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग्स बितरण गरिएको हो ।
उक्त कार्यक्रममा फ्रिडम किट ब्याग्स परियोजनाका कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीमगरले महिनावारी स्वच्छता शिक्षा दिनुका साथै फ्रिडम किट ब्याग्स प्रयोग बिधि वारे डेमो देखाएका थिए ।
कार्यक्रममा स्वास्थ्य शाखाका नविन बुढा क्षेत्रीले बास नेपालले निशुल्क प्रदान गरेको किट ब्याग्सलाई सही सदुपयोग गर्न सहभागीलाई सुझाव दिए । महिलाको महिनावारी समस्याको बिषयलाई नरैनापुरलाई छनोट गरेकोमा आयोजक संस्था बास नेपाललाई उनले धन्यवाद दिए ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले कार्यक्रमका सहभागीलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए भने बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।








