नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन : उद्योग उपाध्यक्षमा कार्की र वाणिज्य उपाध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

0
45

बाँके, २५ साउन ।
नेपालगन्ज उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्षमा कमलकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा उम्मेदवारी दिएका लोकेन्द्र अर्यालले उम्मेदवारी फिर्ता लिएपछि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।
बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठको यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । बाणिज्य उपाध्यक्षमा श्रेष्ठको मात्र उम्मेदवारी परेको थियो ।
अध्यक्षमा चिरन्जीवी ओली र ध्रुबप्रसाद दाहाल वीच प्रतिस्पर्धा हुने भएको छ ।
महिला उपाध्यक्षमा पनि दुई जनाले उम्मेदवारी दिएका छन् । महिला उपाध्यक्षमा उमा ग्राण्डन र रुपा ओझा (सानु) को उम्मेदवारी परेको प्रमुख निर्वाचन समितिले जनाएको छ । महासचिवमा दिपेन्द्रकुमार जोशी र विष्णु श्रेष्ठ तथा उपमहासचिवमा प्रदिप आचार्य र शिवप्रसाद दाहालको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, नारायणप्रसाद प्रसाई र टीकामणी उपाध्याय वीच प्रतिस्पर्धा हुने भएको छ ।
१० जना सदस्यका लागि हुने निर्वाचनमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने दुई जना सम्बद्ध सदस्यका लागि फणाधर भण्डारी र सुरेशजंग बन्जाराको उम्मेदवारी परेको छ भने दुई जना एशोसियट सदस्यमा लागि राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध भइसकेका छन् ।