नेपालगन्ज नाकाबाट एक वर्षमा करिव ९२ करोड रुपियाँको खोटो (रोजिन) भारत निर्यात

0
30

गत आवको एक वर्षमा ६८ करोड ४२ लाख ७४ हजार मुल्य बराबरको १८ लाख ५५ हजार ५४२ किलोग्राम खयरको कत्था निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । उक्त खयरको कत्था निर्यातबाट २३ लाख ८५ हजार रुपियाँ राजस्व संकलन भएको उनले बताए ।

बाँके, २४ साउन ।
नेपालगन्ज नाकाबाट एक वर्षमा ९१ करोड ६६ लाख ५३ हजार रुपियाँको ५२ लाख सात हजार १२६ किलोग्राम खोटो (रोजिन) निर्यात भएको छ ।
गत आवको एक वर्षमा ६८ करोड ४२ लाख ७४ हजार मुल्य बराबरको १८ लाख ५५ हजार ५४२ किलोग्राम खयरको कत्था निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । उक्त खयरको कत्था निर्यातबाट २३ लाख ८५ हजार रुपियाँ राजस्व संकलन भएको उनले बताए ।
६० करोड ७४ लाख ४६ हजार मुल्य बराबरको दुई हजार चार सय ६३ मेट्रिक क्यूफिट प्लाईउड भारत निर्यात भएको छ ।
गत आवमा ३७ लाख किलोभन्दा बढी जडीबुटी निर्यात भएको छ । गत आर्थिक वर्ष ०८२/८३ मा नेपालगन्ज नाकाबाट ८४ करोड २६ लाख ७४ हजार रुपैयाँ बराबरको ३७ लाख ३ हजार ८ सय ६१ किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आवमा २६ करोड ८१ लाख ३६ हजार मुल्य पर्ने १२ लाख ९३ हजार ९५० किलोलिटर तार्पिन तेल निर्यात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आवमा २५ करोड २६ लाख २६ हजार मुल्य पर्ने ५२ लाख ७६ हजार ५८१ किलोग्राम पिना निर्यात भएको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने ।