बाँके, १८ साउन ।
नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले पेट्रोल ३ र डिजेल तथा मट्टीतेल समान ५ रुपैयाँ प्रतिलिटर बढाएको छ । मूल्यवृद्धि पछि काठमाडौंमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान २ सय रुपैयाँ प्रतिलिटर पुगेको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धन २० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन १ सय ३१ डलर प्रतिकिलोलिटर वृद्धि भएको निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । शनिबार दिउँसो इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
मूल्य वृद्धिपछि हवाई इन्धन आन्तरिक २ सय ४९ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर १५ सय ६६ डलर पुगेको छ ।







