राष्ट्रको नाममा प्रधानमन्त्रीको सम्बोधनः सबै मिलेर अशान्तिको बादल हटाऔं 

0
5

काठमाडौँ, १४ साउन ।

साम्प्रदायिक हिंसाका घटना बढ्न थालेपछि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गरेका छन्। घटनाको निष्पक्ष छानबिन गर्ने  दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै उनले प्रतिशोधको भावना नलिई संयमता अपनाउन आग्रह गरेका छन्। 

सम्बोधनमा उनले भने,‘ हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै नेपाली समाजमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ।’ आगामी दिनमा राज्य थप सतर्क र संवेदनशील रहने उनको  प्रतिबद्धता छ । हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहष्णिुता र भाईचारा खल्बलाउने घटनाप्रति सरकार पूर्ण रुपमा सचेत रहेको भन्दै उनले भने,‘धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाड्ने शक्ति हो, संसारको कुनै पनि धर्म वा संस्कृतिले हिसा, घृणा र विभाजन सिकाउँदैन ।’