सरकारसँग रास्वपाको मागः सांसद पौडेलमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गरियोस्

0
5

बाँके,९श्रावण ।रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित आफ्ना प्रतिनिधिसभा सदस्य गणेश पौडेललाई कालो मसी छ्याप्दै गरिएको दुव्र्यवहारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले भत्र्सना गरेको छ। 

दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले आज शनिबार विज्ञप्ति जारी गरी यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेललाई दुव्र्यहार गरिएको घटनाको निन्दा गरेका हुन्। 

लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिलाई हुने हिंसा, दुव्र्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

रास्वपाले घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी जनप्रतिनिधिहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग गरेको छ।

रौतहटको गढीमाई नगरपाकिाल–४ स्थित पर्सा गाउँमा बिहीबार राति ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पौडेललाई कार्यस्थलमै पछाडिबाट मसी छ्यापिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here