जय नेपाल पार्टी बाँकेको संयोजकमा पौडेल चयन

0
14

जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा. राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको पहिलो एजेन्डा भएको बताए । उनले पार्टीको एजेन्डालाई कार्यान्वयन गर्न जस्तोसुकै चुनौतिको सामना गर्न पार्टी तयार रहेको बताए ।

बाँके, २६ असोज ।
जय नेपाल पार्टी, बाँकेको संयोजकमा केशव पौडेल चयन भएका छन् । सोमवार नेपालगन्जमा भएको जिल्लास्तरिय भेलाले पौडेलको संयोजकत्वमा कार्यसमिति चयन गरेको हो ।
भेलाले वीरेन्द्र रावतलाई सचिवमा चयन गरेको जय नेपाल पार्टीका लुम्विनी प्रदेश संयोजक ऋषिराज देवकोटाले जानकारी दिए । पार्टीका केन्द्रिय अध्यक्ष डा. धवलशमशेर राणाको प्रमुख आतिथ्यतामा भएको भेलाले बाँकेको तिनवटै क्षेत्रका संयोजक समेत चयन गरेको छ ।
प्रदेश संयोजक देवकोटाका अनुसार, बाँके क्षेत्र नं. १ को संयोजकमा लालबहादुर ओली, क्षेत्र नं. २ को संयोजकमा हुकुम केसी र क्षेत्र नं. ३ को संयोजकमा लक्षुमण बुढा मगर चयन भएका छन् ।
त्यसैगरी, भेलाले पार्टीको कोहलपुर नगर संयोजकको जिम्मेवारी अर्जुनजंग शाहलाई दिएको छ ।


पहिलो भेलामा विभिन्न पार्टीका एक सयबढी नेता, कार्यकर्ता जय नेपाल पार्टीमा प्रबेश गरेको सचिव वीरेन्द्र रावतले जानकारी दिए । सो अवसरमा वरिष्ठ प्लास्टिक सर्जन तथा ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ का संस्थापक डा.विनोद कर्ण, डा.मिलन श्रेष्ठ लगायत प्रबेश गरेको उनले बताए ।
जिल्ला भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष डा. राणाले हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको पहिलो एजेन्डा भएको बताए । उनले पार्टीको एजेन्डालाई कार्यान्वयन गर्न जस्तोसुकै चुनौतिको सामना गर्न पार्टी तयार रहेको बताए ।
पार्टीका लुम्विनी प्रदेश संयोजक ऋषिराज देवकोटाले हिन्दू राष्ट्रसहितको संवैधानिक राजतन्त्रको मुद्धा बोकेको राजनीतिक दलहरुले आफ्नो एजेन्डा विर्सेकोले नयाँ पार्टी गठन गर्न परेको बताए । उनले पार्टीको एजेन्डामा नडगमगाएर अघि बढ्ने प्रतिवद्धता जाहेर गरे ।