
बाँके, ९ साउन ।
सिकाईको नाममा युवा तथा प्रशिक्षार्थी चिकित्सक (इन्टर्न र आवाशीय चिकित्सक) हरु चम श्रम शोषणमा परेको भन्दै संघर्ष समितिले प्रदर्शन गरेको छ । सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउन भन्दै उनीहरुले ब्यानर, प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले जय महाकाली, आयो गोरखाली, श्रम शोषणविरुद्ध लड्ने हो यसपाली, रातभरी नसुतेको डाक्टर बिरामी छु, स्वास्थ्य सेवा बिरामी छ देश बिरामी छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
