

बाँके, ९ साउन ।
पूर्व राजा श्री ५ बीरेन्द्र शाहको शालिक २२ वर्ष पछि धम्बोझी चोकमा अनावरण गरिएको छ । पूर्व राजा शाहको शालिक जन आन्दोलन २ का बेला आन्दोलनकारीले ढालेका थिए ।
पूर्व राजा बीरेन्द्रको शालिक राजावादीहरुले दुई पटक राखे पनि प्रशासनले उठाएको थियो । अहिले नेपालगञ्ज उप-महानगरले शालिक राखेको हो । शालिकको मेयर प्रशान्त बिष्टले अनावरण गरेका हुन् ।
यसैबीच जेन जी आन्दोलनका बेला तोडफोड गरिएका पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, सेतु बिक र गणेशमानको शालिक पनि शनिवार अनावरण गरिएको छ । त्यसैगरि ट्राफिक चोकमा सुशील कोइरालाको शालिक राखिएको छ । यसअघि उक्त चोकलाई हरि चोक नामाकरण गरिएको थियो ।

