नेपालगंज उद्योग बाणिज्य संघको अध्यक्षमा चिरन्जिबी ओली निर्वाचित

0
8

बाँके, ७ भाद्र ।
नेपालगंज उद्योग बाणिज्य संघको अध्यक्षमा चिरन्जिबी ओली विजय भएका छन् । संघको शनिवार भएको निर्वाचनमा प्रत्यासी ध्रुबप्रसाद दाहाललाई पराजित गरि ओली अध्यक्षमा बिजयी भएका हुन् ।
ओलीले १३७२ मत पाउँदा दाहालले ३७६ मत पाएको निर्वाचन समितिका संयोजक तिर्थराज ज्ञवालीले जानकारी दिए ।
प्रथम उपाध्यक्षमा कमलकुमार कार्की र द्वितीय उपाध्यक्षमा बिष्णुप्रसाद श्रेष्ठ यसअघि नै निर्बिरोध भैसकेका छन् । महिला उपाध्यक्षमा ११५२ मत पाएर रुपा ओझा बिजयी भएकी छन् । उनका प्रतिस्पर्धि उमा डाँगी ग्रान्डनले ५०४ मत पाइन ।
महासचिवमा १२९० मतका साथ बिष्णु श्रेष्ठ बिजयी भएका छन् भने उनका प्रतिस्पर्धि दिपेन्द्रकुमार जोशीले ४०८ मत पाए भने उपमहासचिवमा प्रदिप आचार्य ८६६ मत पाएर बिजयी हुँदा उनका प्रतिस्पर्धि शिवप्रसाद दाहालले ८४३ मत पाए ।
कोषाध्यक्षमा टिकामणि उपाध्याय बिजयी भएका छन् । सदस्यमा तोपबहादुर थापा, सन्तोषकुमार पौडेल, नन्दराम जैसी, जहाँगिर मुसलमान, आदित्य गुप्ता, अतुलकुमार गुप्ता, शरदराज अधिकारी, नगेन्द्र शाही, शरदप्रसाद रिजाल र सुरजबहादुर भण्डारी बिजयी भएका छन् ।