बाँके, १० साउन ।
अवैध चोरी निकारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले पश्चिम नेपालको प्रमुख नेपालगन्ज नाकामा कडाई गरेको छ । सशस्त्र प्रहरीले सुरक्षा जाँच, अवैध सामान ओसार पसार नियन्त्रणमा सशक्त रुपमा उत्रिएको छ । सशस्त्र प्रहरीले हुण्डी तथा लागु औषध नियन्त्रणमा समेत तदारुकता देखाएको छ ।
नेपाल–भारत सीमामा हुने अवैध तस्करी, चोरीपैठारी र अवाञ्छित गतिविधि रोक्न सशस्त्र प्रहरीको टोलीले नेपालगन्जका साथै अन्य सहायक नाकामा नियमित गस्ती तथा चेकजाँचमा कडाई गरेको ।
लागु औषध, साना हातहतियार तथा अवैध सामान चेकजाँच गर्न सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्दै आएको छ । सशस्त्र प्रहरीको अप्रेशनमा ‘डग ह्याण्डल’ थप सहयोग गरेको छ,’ सशस्त्र प्रहरीका एक अधिकृतले भने ।
नेपालगन्ज नाकामा लाखौं मुल्यका लागु औषध सँगै कारोवारमा संलग्न व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी भीमबहादुर चन्दको अथक मेहनत र निर्देशनले बाँकेमा अवैध सामान धमाधम नियन्त्रण भइरहेका छन् । गणका अनुसार ९ साउनमा मात्रै दुई लाख ३० हजार मुल्य बराबरको लागू औषध र ओसारपसारमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ भने बरामद गरिएको सामान नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गत चालू आवमा सशस्त्र प्रहरीले मात्रै ११ करोड ७१ लाख ६३ हजार राजस्व भन्सारमा ाखिला गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । जस अन्तरगन २२ लाख ४८ हजार मुल्य बराबरको काठ रहेको छ ।








