समय सिमाभित्र गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई पालिकाको ध्यानाकर्षण

बाँके, १३ पुस ।


खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लसहितको टोलीले निर्माणाधिन योजनाको अनुगमन गरेको छ । पालिका भित्र संचालनमा रहेका योजना पूरा नहुनुको कारण र भएका समस्या बुझ्न निर्माणाधिन योजनाको अनुगमन गरेको प्रमुख प्रशासकिय अधिकृत बसबहादुर रानाले बताए ।
उनले खजुरा गाउँपालिका बागेश्वरीमा निर्माण भइरहेको फोरलेन सडक, परस्पुर–गौघाट सडक, शितभण्डार लगायत विभिन्न योजनाको अनुगमन गरि योजनाको अवस्थाको बारेमा जानकारी लिएको बताए । अनुगमनका क्रममा निर्माण कम्पनीलाई छिटो काम सक्न र गुणस्तरियतामा ध्यान दिन निर्देशन दिएको प्रमुख प्रशासकिय अधिकृत रानाले बताए । उनका अनुसार, गाउँपालिकाले ताकेता गरे पछिल्लो समय योजनाका अपुरा काम धमाधम भइरहेको र धेरै योजना सम्पन्न हुने क्रममा रहेका छन् । ‘निर्माणको क्रममा रहेका योजनालाई समय सिमा भित्र सम्पन्न गर्न र गुणस्तरमा ध्यान दिन निर्माण कम्पनी र उपभोक्ता समितिको ध्यानाकर्षण गराएका छौँ,’ उनले भने ।
अनुगमनमा इन्जिनियर सोनु शाह, भुपेश ओझा लगायतको सहभागिता रहेको थियो ।

Previous articleगौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार : एक सय ११० पिन्ट रक्तदान
Next articleकारकाँदोमा खुल्यो अध्ययन एकेडेमी : तालिममा सहभागी ८० प्रतिशतलाई लोकसेवाको परीक्षामा उत्तिर्ण गराउने लक्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here