गुर्बाबा मल्टिमिडिया ग्रुप प्रा.लि.
पश्चिम नेपालको तराईमा बस्ने नेपालीका लागि गोचाली शब्द नयाँ होइन । थारु समाजमा लोकप्रिय मानिने यो शब्द गैर थारुमा पनि प्रचलित छ । गोचालीको अर्थ साथी हो । पुरुष लिंगको रुपमा रहेको यो शब्दले सिंगो थारु जातिको प्रतिनिधित्व गर्छ । थारु समुदायमा पुरुषले साथीलाई ‘गोचाली’ र महिलाले आफ्नो साथीसंगीलाई गोही भन्ने गर्दछन् ।
थारुको उत्पत्ती थलो दाङ हो भन्नेमा कुनै दुईमत छैन । दाङमा थारु राजा दंगीशरणले राज्य गरेको प्रमाणको आधारमा पनि दाङलाई नै थारुको उद्गम थलो हो भन्ने दावी गरिन्छ । थारुले नै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका चारकोशे झाडी फाँडेर बस्नयोग्य बनाए । खेतीपातीका लागि उर्वर जमिन तयार गरि खाद्यन्नको भण्डार बनाए । खतरनाख बन्यजन्तु, सर्प, विच्छीसँग लडे । कालाजार, औलो रोगको सामना गरि आफ्नो अस्तित्व जोगाए । तर, भूमिपुत्रको रुपमा रहेको यहि थारु जाति तत्कालिन शोषक, सामन्तिबाट लखेटिए । जग्गा जमिनबाट विमुख बनाइए । भूमिसुधारको नाममा सोझासाझा थारु समुदायलाई जमिनको मालिक हुने अधिकारबाट बञ्चित गराइयो । त्यसपछि उनीहरुको परिचय थारुबाट सुकुम्बासी, कमैया, कम्लहरी, बुक्रहीमा परिणत भयो ।
यस विरुद्ध लडाइँ लड्न र आफ्नो अस्तित्व जोगाउन विक्रम् सम्बत् २०२८ सालमा दाङका केहि यूवाले हिम्मत गरेर पत्रिका मार्फत जागरण अभियान थाले । दाङका महेश चौधरी, सगुनलाल चौधरी, भगवतीप्रसाद चौधरी, अरविन्द चौधरी, श्यामनारायण चौधरी र अम्मरराज चौधरीको समूहले गोचाली नामक पत्रिका प्रकाशनमा ल्याए । थारु भाषा सहित्य सुधार नाम दिएर पहिलो पटक प्रकाशन भएको उक्त पत्रिकाको प्रधान सम्पादकमा महेश चौधरी थिए । भने, सगुनलाल, भगवतीप्रसाद, अरविन्द, श्यामनारायण र अम्मरराजले सह–सम्पादकको भूमिका निर्वाह गरे ।
उक्त पत्रिकाले पञ्चायत विरुद्ध जनतालाई भड्काएको भन्दै तत्कालिन पञ्चायत सरकारले गोचाली शब्दमा प्रतिवन्ध लगायो । त्यसपछि थारु समुदायमा लोकप्रिय मानिने गोचाली शब्दको प्रयोग गर्न थारु समुदाय डराउन थाल्यो । यसले यो शब्दलाई ओझेलमा पार्ने काम ग¥यो ।
गोचाली शब्दलाई उजागर गरि साथी मार्फत सूचना आदान प्रदान गर्न गुर्बाबा मल्टिमिडिया ग्रुप प्रा.लि. प्रालिले चेतनाको दीयो बाल्न, हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउन र हाम्रो विचारलाई प्रष्ट बनाउन अनलाइन संचालन गर्ने जमर्को गरेको छ । अनलाइनको लोकप्रियता बढ्दै गएको बेला सूचना तथा समाचार विश्लेषणको खोजी गर्ने समाचार पोर्टल हो गोचालीखवर । यसमा विशेषगरि अल्पसंख्यक, सिमान्तकृत, पछाडी परेका समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक, कृषि, इतिहास, खेलकुदलगायत सबै क्षेत्रका मुद्दाहरु उठाउने जमर्को गरिने छ । यो समाचार पोर्टललाई विकास पत्रकारितासँग जोडेर ग्रामिण विकासका लागि खोजमुलक समाचार सम्प्रेषण गर्ने थलोको रुपमा विकास गर्ने हाम्रो प्रयास रहने छ ।
मिडियाको ब्द्यऋ शुद्धता, समानता र विश्वसनियतालाई आत्मसाथ गरि समाचार सम्प्रेषण गरिरहने छौं । गोचाली खवरलाई राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमजनताको पक्षमा रहेर समाचार सम्प्रेषण गर्ने समाचार पोर्टलका रुपमा विकास गरिरहने विश्वास दिलाउन चाहन्छौँ । जय गुर्बाबा ।