नरैनापुर गाउँपालिका प्रमुखलाई एन्फ्लुयन्जा, थप उपचारका लागि लखनऊ रेफर

बाँके, ३० असोज, २०७९ ।


नरैनापुर गाउँपालिका प्रमुख सैयद इस्तियाक अहमद शाहलाई एन्फ्लुयन्जा प्रमाणित भएपछि थप उपचारका लागि भारतको लगखऊ लगिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका उनलाई एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि भारतको लखनऊ लगिएको उनका स्वकिय सचिव बृजेन्द्रकुमार यादवले जानकारी दिए ।
छाती दुख्ने, ज्वरो र खोकी लाग्ने समस्या भएपछि उनले शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परीक्षण गर्दा एन्फ्लुयन्जा पुष्टि भएको नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन डा. आसिम किदवाइले जानकारी दिए । ‘एइन्फ्लुयन्जा पुष्टि भए पनि किट नभएका कारण कुन प्रकारको हो भन्ने यकिन गर्न सकिएन,’ उनले भने ।

Previous articleराजनीतिमा ४० वर्ष विताएका ‘सादगी नेता’ निरक गुरुङ, को हुन् निरक ?
Next articleसडकपेटीमा हिड्डुल गर्न उच्च अदालतद्वारा रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here