नरैनापुरका अग्नी पीडितको पीडामा मल्हम लगाउँदै एमाले : घर बनाउन एक लाख र जस्ता पाता प्रदान

बाँके, २५ चैत, २०७८ ।


एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा एमाले बाँकेले नरैनापुरका अग्नी पीडितलाई राहत वितरण गरेको छ । नेपालगन्जमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अग्नी पीडितलाई सामाजिक सेवा केन्द्र मार्फत घर बनाउन प्रति परिवार तीन–तीन बण्डल (२७ थान) जस्ता पाता र एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
अध्यक्षको निर्देशन बमोजिम नरैनापुर गाउँपालिका ४ कृष्णनगरका १६ परिवार अग्नी पीडितलाई विहीवार बेलुकी जस्ता पाता प्रदान गरिएको एमाले बाँके सचिव रत्न खत्रीले जानकारी दिए ।
फुसको छानाका कारण हरेक बर्ष आगलागी हुने गरेकोले राम्रो र सुरक्षित घर निर्माणको लागि प्रति परिवार एक लाख रुपैयाँ, जस्तापाता र खाद्य सामग्री प्रदान गरिएको उनले बताए । उक्त बस्तीमा दलित समुदायको मात्र बसोबास छ ।

राहत वितरण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य एवम् बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रिय सदस्य मोहम्मद हारुन, पशुपति दयाल मिश्र लगायतको सहभागिता रहेको थियो ।

Previous articleराप्रपा नेपाल अध्यक्ष कमल थापा भन्छन्- ‘एमालेको सूर्य चिन्हबाट चुनाव लड्छौँ’
Next articleनेपालगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले के भने ? हेर्नुस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here