नेपालगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले के भने ? हेर्नुस भिडियो

बाँके, २५ चैत, २०७८ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नसकेमात्र देशी, विदेशी दलाल, पुञ्जीपति प्रतिक्रियाबादी शक्ति पराजित हुने बताएका छन् । एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले विदेशी प्रतिक्रियाबादी शक्तिको इसारामा बर्तमान सरकार निर्माण भएको आरोप लगाए । ‘पाँच दलिय पठबन्धन विदेशी प्रतिक्रियाबादीको दलाल हो । निर्वाचनमा सिंगो गठबन्धनलाई बढार्नु नै विदेशी प्रतिक्रियाबादीलाई परास्त गर्नु हो,’ उनले भने ।

नेकपा एमाले बाँके नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली ।


उनले देशको अर्थतन्त्र सुधार गर्न एमालेले जित्नु पर्ने बताउँदै अवको केहि महिनामा देशमा आर्थिक संकट निम्तिने खतरा औँल्याए । ‘एमाले सरकारबाट बाहिरिएको नौँ महिनामा बैँकहरु टाट पल्टिएका छन् । राष्ट्र बैँकसँग ऋण लगानी गर्ने पैँसा छैन । ब्यापार, ब्यवसाय ठप्प छ । अहिलेको सरकारले केहि महिनापछि बृद्ध भत्ता, एकल महिला लगायत विभिन्न सामाजिक सुरक्षा भत्ता समेत वितरण गर्न सक्ने छैन,’ उनले भने ।
उनले बर्तमान सरकारले अर्थतन्त्रलाई ध्वस्त बनाएको जिकिर गर्दै बाटाघाटा, पुलपुलेसा, विद्यालय, अस्पतालका लागि विनियोजित रकम समेत बन्द गरिरहेको दावी गरे । बाटाघाटा, पुलपुलेसा, विद्यालय, अस्पताल निर्माणका लागि ठेक्का भई काम भइरहेका योजनाको रकम समेत यो सरकारले दिन छाडेको छ,’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले मुलुक बनाउन एमालेले जित्न जरुरी रहेको जिकिर गरे । उनले मुलुकमा सुशासन कायम गर्दै विकास र समृद्धिका लागि एमालेले जित्न जरुरी रहेको तर्क गरे । ‘बाँके जिल्ला, एमालेको किल्ला’ भएको बताउँदै उनले पाँच दलिय अपित्र गठबन्धनलाई परास्त गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले नेकपा एस बाँकेमा ‘नेकपा फुस’ भएको जिकिर गरे ।

Previous articleनरैनापुरका अग्नी पीडितको पीडामा मल्हम लगाउँदै एमाले : घर बनाउन एक लाख र जस्ता पाता प्रदान
Next articleउपचारमा पहुँच बढाउन डुडुवाका सबै नागरिकको स्वास्थ्य वीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here