घुस रकमसहित घरेलु कार्यालयका अधिकृत आयोगको फन्दामा

बाँके, ३० असार ।
दुरुपयोग अनुुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेका घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका अधिकृत (सातौँ तह) हुकुमबहादुर ओलीलाई नियन्त्रणमा लिएको छ । ठेक्का पट्टाको लाइसेन्स बनाई दिने बहानामा सेवाग्राहीसँग ९६ हजार तीन सय रुपैँया लिँदै गर्दा आयोगको टोलीले ओलीलाई नियन्त्रणमा लिएको आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले बताए ।
घुस रकम सहित आयोगको फन्दामा परेका अधिकृत ओली घरेलु तथा साना उद्योग कार्यालय, बाँकेका सूचना अधिकारी समेत रहेका ओलीको बारेमा आयोगले थप अनुसन्धान गरिरहेको गैरेले बताए ।

Previous articleलकडाउनमा रक्तदानः सुत्केरीको ज्यान बचाउँदै यूवा
Next articleदुईलाख रुपैँया सहित पाँच जुवाडे पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here