दुईलाख रुपैँया सहित पाँच जुवाडे पक्राउ

कोहलपुर (बाँके), ३० असार ।
बाँके प्रहरीले मोटो रकमसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, गोलपार्कस्थित टोलप्रसाद हमालको घरमा हारजित हुनेगरि जुवा खेलिरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले दुईलाख पाँच हजार चार सय ५० रुपैँया र एक गड्डी तास सहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३४ बर्षिय प्रकाश रिजाल, सोही ठाउँका ४५ बर्षिय रमेश गिरी, टंकबहादुर रोकाय, ५० बर्षिय भीमबहादुर शाही र घरधनी ४५ बर्र्षिय टोलप्रसाद हमाल रहेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय, कोहलपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleघुस रकमसहित घरेलु कार्यालयका अधिकृत आयोगको फन्दामा
Next articleदंगीशरणका झण्डै १७ प्रतिशत थारुमा सिकलसेल एनिमिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here