नयाँ दिल्लीमा मृत्यु भएका एक ब्यक्तिमा कोरोना पुष्टि

बाँके, २६ जेष्ठ ।
भारतको नयाँ दिल्लीमा व्यवसाय गर्दै आएका घोराही उपमहानगरपालिका–१८ का एक व्यक्तिमा मुत्युपछि कोरोना पुष्टि भएको छ । लामो समयदेखि दम र सुगर रोगबाट पीडित ५९ वर्षीय एक व्यक्तिमा मृत्युपछि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
नयाँ दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ मा दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । अन्तिम संस्कारका लागि गृह जिल्लामा ल्याइएको उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बता ।
मृतकलाई ल्याएर आएका सहयोगी र शववाहन चालकलाई क्वारेन्टाइनमा राखिएको प्रजिअ रिजालले बताए ।

Previous articleवडा अध्यक्षको क्वारेन्टाइनमै बास
Next articleलकडाउनको कहरः माछा मारेर खाने हाम्रो रहर (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here