सिने रोयलले पायो ‘वर्ष सिनेमा हल अवार्ड (मोफसल)’

बाँके, ३० चैत ।

नेपालगन्जस्थित सिने रोयलले यस वर्षको सिनेमा हल अवार्ड पाएको छ । बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक बर्षको चैत्र मसान्तमा आयोजना गर्दै आएको ब्लक बस्टर नेपाली फिल्म अवार्डको १८ औ संस्करण अन्तरगत सिने रोयलले यस वर्षको वर्ष सिनेमा हल अवार्ड पाएको हो ।
उक्त कार्यक्रममा बर्ष सिनेमा हलको अवार्ड (मोफसल) सिनेमा थिएटर सिने रोयलले पाएको छ । आधुनिक प्रविधि, सुविधाजनक बसाइ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिने रोयलले पछिल्लो समय नेपालगन्जमा अभूतपूर्व बेन्चमार्क स्थापित गर्न सफल भएको दावी गरिएको छ ।
पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्ज–१० सुर्खेत रोडस्थित रहेको यस थिएटरले पछिल्लो समय एउटा बेग्लै नाम र नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई पनि परिवर्तन गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व अनुभव प्रदान गर्न सफल भएको छ ।
तीनवटा अडिटोरियममा पाँच सय ६० सिट रहेको यस थिएटरमा अमेरिकामा बनेको नेपालकै पहिलो जेबिएल एटमोस साउन्ड सिस्टम रहेको छ । सबै अडिटोरियममा प्रक्षेपण प्रणाली बेल्जियमबाट २० हजार लुमेन्स बारका प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बिम गेट–डी थ्री डी प्रणालीका साथ एक उत्कृष्ट गुणस्तरको पिक्चर र रङ संयोजन गरि सिनेमा पारखीका लागि एउटा बेग्लै अनुभव प्रदान गर्दै आएको सिने रोयलले जनाएको छ ।
नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङले दर्शकलाई सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । दर्शकहरुको बसाईमा आराम प्रदान गर्न  तीन किसिमका सिटहरू ( रिक्लाइनर, लाउन्जर र स्लाइडर) रहेका सिने रोयलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Previous articleलुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत
Next articleनयाँ वर्षको अवसरमा सिद्धार्थ हस्पिटालिटीका विभिन्न आउटलेटमा सांगीतिक प्रस्तुति हुँदै, कहाँ के हुँदैछ र के–के छ सुविधा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here