अभियुक्तलाई पक्राउ गर्न तीन राउण्ड गोली प्रहार

बाँके, १ मंसिर ।


अभियुक्तलाई पक्राउ गर्न बाँके प्रहरीले तीन राउण्ड गोली चलाएको छ । कोहलपुर नगरपालिका १२ चप्परगौडीका २९ वर्षीय मिनबहादुर विकलाई धारिलो हतियार प्रहार गरि फरार रहेका बैजनाथ गाउँपालिका घर भई हाल कोहलपुर नगरपालिका ११ बस्दै आएका आकाशजंग रानालाई नियन्त्रणमा लिन बाँके प्रहरीले गोली चलाएको हो ।
जानकी गाउँपालिका ४ मा लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा पुगेको प्रहरीलाई देख्ने वित्तिक भाग्न खोज्दा उनीमाथि तीन राउण्ड गोली प्रहार गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
तीन राउण्ड गोली मध्य एउटा गोली रानाको दायाँ खुट्टाको तिघ्रामा लागेको डाँगीले बताए । घाइते रानाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले ३० कात्तिक बिहान विकलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको थियो । विकको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि भारतको लखनऊ लगिएको छ ।
रानाले २८ कात्तिकमा कोहलपुर नगरपालिका ११ मा एक महिलालाई जवरजस्ती करणी प्रयास गरेको उजुरीसमेत परेको प्रहरीले जनाएको छ । उनी लागु औषध मुद्दामा पाँच वर्ष जेल बसेका थिए ।

Previous article४८ जना डिस्चार्ज भएसँगे भेरी अस्पतालको डिजास्टर वार्ड खाली
Next articleटीम बाइपासको अध्यक्षमा पुनः आचार्य चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here