कृषि मन्त्रालयले संचालन गर्ने आयोजनाका लागि २६१ अस्थायी दरबन्दी स्वीकृत

बाँके, १७ कात्तिक ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न परियोजना र आयोजनाका लागि दुई सय ६१ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय ६१ राजपत्रांकित पदहरूमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
यसैगरी, सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रस्टको कार्यालयको सचिवमा पदस्थापन गरेको छ ।
नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

Previous articleसडक दुर्घटना न्यूनिकरणमा सहयोगी बन्दै ‘टाइम कार्ड’
Next articleबाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here