ज्ञानोदय सामुदायिक पुस्तकालयको अध्यक्षमा पुनः भट्टराई निर्वाचित

बाँके, २६ असार, २०७९ ।


कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अध्यक्षमा चेतकान्त भट्टराई पुनः निर्वाचित भएका छन् । निर्वाचनमा तीन वटा प्यानल प्रतिस्पर्धामा थिए । नेपाली कांग्रेस र एमालेले आफ्ना आधिकारिक उम्मेदवार उठाएका थिए । राजनीतिक दलका आधिकारिक उम्मेदवारका विरुद्ध ‘स्वतन्त्र समावेशी समुह’ बाट उम्मेदवार बनेका भट्टराई ३ सय २७ मत प्राप्त गरी निर्वाचित भए ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठाकुरप्रसाद भुसालले २ सय ७६ मत प्राप्त गरे । यसैगरी, एमालेको समर्थनमा अध्यक्षको उम्मेदवार बनेका डोलराज अर्यालले ५५ मत मात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका मणिप्रसाद गैरे ४ सय २६ मत प्राप्त गरी निर्वाचित भए ।
उनका निकटतम प्रतिद्धन्द्धी विजय पुडासैनीले २ सय ३३ मत प्राप्त गरे । यसैगरी सचिवमा पनि कांग्रेसकै एकराज शर्मा ३ सय ४१ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी निर्मल आचार्यले २ सय ९९ मत प्राप्त गरे ।
पुस्तकालयको सहसचिवमा कांग्रेसकी गितादेवी शर्मा, सदस्यमा स्वतन्त्र समावेशी समुहका रविन्द्रप्रसाद सुवेदी, कांग्रेसका चुरामणी ढकाल, शर्मिला मल्ल, विनिता शर्मा र पतिराम थारु निर्वाचित भएको निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिए ।
कुल ९ सय ३० मतदाता रहेकोमा ७ सय मत खसेकोमा ११ मत बदर भएको उनले बताए ।

Previous articleबुढीगंगाको मेयरमा रामबहादुर निर्वाचित
Next articleलुम्बिनी प्रदेशको सवैभन्दा ठूलो रंगशाला नरैनापुरमा निर्माण सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here