कार्य सम्पादनमा नवकिरण पुनर्स्थापना केन्द्र लुम्बिनी प्रदेशकै उत्कृष्ट

बाँके, १ साउन, २०७८ ।

नेपालगन्ज उपमहानगरपालिका–१७, आदर्शनगर गणेश मन्दिर पछाडी संचालनमा रहेको नव किरण पुनर्स्थापना केन्द्र कार्य सम्पादनमा लुम्बिनी प्रदेशकै उत्कृष्ट भएको छ । गृह मन्त्रालयले ‘प्रदेशगत उत्कृष्ट पुरस्कार’ छनोटका क्रममा प्रदेश नं. १, प्रदेश नं. २ र कर्णाली प्रदेशका एक–एक वटा पुनर्स्थापना केन्द्रलाई पनि ‘प्रदेशगत उत्कृष्ट कार्यसम्पादन पुरस्कार’ बाट सम्मानित गरेको छ ।
लागू औषध दुर्ब्यसनको पक्षमा काम गर्ने नव किरण नेपालगन्जको सवैभन्दा पुरानो पुनर्स्थापना केन्द्र हो । नव किरणले प्रमाण पत्र सहित १४ हजार रुपैँया पनि पाएको छ । पुरस्कार पाएको खुसियालीमा केन्द्रले शनिवार आफ्नो कार्यालयमा बधाई, शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रम राखेको कार्यकारी प्रमुख उत्तम खरेलले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिवरामलाल गेलाल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी लगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखको सहभागिता रहने खरेलले जानकारी दिए । ‘लागु औषध दुर्ब्यसनको क्षेत्रमा हामीले गरेको कामको सहि मुल्यांकन भएकोे छ । हामीलाई प्रदेशगत उत्कृष्ट कार्यसम्पादन पुरस्कारबाट सम्मानित गरेकोमा धन्यवाद दिन्छौँ,’ कार्यकारी प्रमुख खरेलले भने ।

Previous articleनरैनापुर गाउँपालिकामा औलोको उच्च जोखिम कायमै, एकै गाउँका ३२ सहित ३४ जनामा औलो पुष्टि
Next articleलुम्बिनी प्रदेशकै उत्कृट नव किरणले गर्यो ‘बधाई, शुभकामना तथा धन्यवाद’ कार्यक्रम (फोटो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here