सरकार र थारुवान संघर्ष समिति वीचको बार्ता सकारात्मक

बाँके, १७ चैत ।


सरकार र थारुवान संघर्ष समिति बीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छलफलमा सहभागीले बताएका छन् । गृह मन्त्रालयमा भएको छलफलमा दुवै पक्षले आफ्ना कुरा राखेपछि बिहीबारसम्मका लागि बार्ता स्थगित भएको हो ।
बिहीबार पुनः बस्ने गरि आजको वार्ता टुंगिएको बार्ता टोलीका सदस्य प्रभात चौधरीले बताए । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेका छन् ।
थरुहटका तर्फबाट रुक्मिणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी र प्रभात चौधरी सदस्य छन् ।
थरुहटको टोलीले टीकापुर घटनामा संलग्न रहेका धनीराम चौधरी, सांसद रेशम चौधरी, लक्ष्मण चौधरी लगायतमाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने, आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्ने लगायत १९ बुँदे माग अघि सारेको छ ।

Previous articleपत्रकार हेमन्त चौधरीमाथि हातपात
Next articleशेरधन राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here