सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता नेपालगन्जमा सुरु (फोटोहरु)

बाँके, २१ फागुन ।


सातौँ संस्करणको अन्तर्राष्ट्रिय प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुक्रवारबाट नेपालगन्ज रंगशालामा सुरु भएको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ २१–२५ फागुनसम्म नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो खेल नेपाल पुलिस क्लव र न्यू डायमण्ड क्लव वीच भइरहेको छ ।
पहिलो खेलको पहिलो सेटमा नेपाल पुलिस क्लवले न्यू डायमण्ड क्लवलाई २५–१९ ले पराजित गर्दा दोस्रो सेटमा न्यू डायमण्डले नेपाल पुलिस क्लवलाई २८–२६ ले पराजित गरेको छ । अहिले तेस्रो सेटको खेल भइरहेको छ ।


यसैवीच, आज दोस्रो खेल लुम्बिनी प्रदेश र नेपाल आर्मी क्लव वीच हुने बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी, महेन्द्र पुलिस कलव, सशस्त्र प्रहरी, होङ्गाजी न्यू डायमण्ड र स्थानीय लुम्बिनी युनाइटेड गरि पाँच वटा टिमले सहभागिता जनाएका छन् ।
यस पटकको प्रधानमन्त्री कपमा प्रथम हुनेले पाँच लाख रुपैँया, दोस्रो हुनेले दुई लाख, तेस्रोलाई एक लाख र चौथोलाई ५० हजार रुपैँया तथा ट्रफी पाउने भएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल मगरले उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

Previous articleनेकपा एकता राष्ट्रिय अभियानको भेला भोली नेपालगन्जमा हुने
Next articleसातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल पुलिसको विजयी सुरुवात

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here